काठमाडौं । शुक्रबार नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभाकालागि बिभिन्न जिल्लाबाट नागढुंगा नाकाहुदै १४ वटा बस भित्रियका हुन ।
कास्की,चितवन,स्याङ्जा,नवलपरासी,लम्जुंङ लगायतका जिल्लाबाट कार्यकर्ता सहित १४ वटा बस काठमाडौं आएको प्रहरीले जानकारी दिएको हो । बिभिन्न स्थानिय तहका पालिका अध्यक्ष,वडा अध्यक्ष लगायतको नेतृत्वमा कार्यकर्ताहरु काठमाडौंको जागरण सभामा सामेल भएका थिए ।जागरण सभालाई शक्ती प्रदर्शनको रुपमा समेत इन्कित गरेको एमालेले काठमाडौं उपत्यकाबाट मात्रै एक लाख भन्दा बढी कार्यकर्ता सडकमा उतार्ने बताएको थियो ।
जागरण सभाका लागि नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले प्रत्येक वडाका पायक पर्ने स्थानबाट बसको व्यबस्था गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय