काठमाडौं । चितवनबाट हेटौंडा–सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको सवारी साधनलाई चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित शेरबहादुर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गाडी चालक लामा चितवनको गितारनगरका हुन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बरामद भएको गाँजाको तौल १८९ किलोग्राम रहेको छ ।

