काठमाडौं । निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गको काम फेरी रोकिएको छ ।
स्थानीयले नजिरका बिरुद्ध आन्दोलन गरेपछि आइतबारबाट काम ठप्प भएको हो । Alignment माथीका ७ घर,सुरुङ मार्गबाट निक्कै नजिक रहेको र साना ठुला गरि जमिन कमजोर बन्दै गएको घटनाहरु उदाहरण सहित आयोजनामा पेश गर्दा समेत आयोजनाका कर्मचारी बर्गबाट नजिर बस्छ भन्ने उत्तर दिदै आएको पिडित संघर्ष समितिले जनाएको छ । नेपाल सरकार,सडक विभाग, भु–गर्भबिद साथै आयोजना प्रमुखसंगको पटक पटकको औपचारीक / अनौपचारीक छलफलमा नजिर बस्छ !दिन मिल्दैन !! भन्ने जवाफ पाएकाले सोहि जवाफको बिरुद्ध आन्दोलन गर्न बाध्य भएको पिडित संर्घष समितिले जानकारी दिएको हो ।सुरुङ खन्दा आफ्नो जग्गा कमसल हुदै गएको,बित्तीय कारोवार हुन नसक्ने अवस्थामा पुगेको,भौगोलिक कमजोरीका कारण किनबेच नभएको जस्ता दयनिय अवस्थामा पारेर राज्य र कर्मचारीबाट सुकुम्वासी बनाउने कार्य गरेको उनीहरुको आरोप छ । राज्यले हदैसम्मको निर्दयी व्यबहार बिगत देखि नै गर्दै आएको भन्दै समितिले Alignment माथीको जग्गाको मुआव्जा सम्बन्धीमन्त्री स्तरीय Cabinet meeting बाट पारित नभएसम्म आन्दोलन गर्ने बताएको छ । समितिले भनेको छ सुरुङ मार्गले त्यस क्षेत्रका वासिन्दाको आर्थीक जिवनस्तर सुधारियोस ,न कि सुकुम्वासी बन्ने स्थितीमा पुग्ने स्थितीको सृजना होस ।
यस अघिपनि,सुरुङमार्गको निर्माणले पानीको मुहान सुकेको,वाताबरण प्रदूषण भएको, स्थानियलाई रोजगारीको व्यबस्था गर्नुपर्ने, उचित क्षतिपूर्ती र मुआब्जाको व्यबस्था गर्नुपर्ने लगायतका माग स्थानियले राख्दै सुरुङमार्ग निमार्ण आयोजनालाई आफ्नो दुखेसो पोखेका थिए,काम ठप्प हुने गरि आन्दोलन समेत गरेका थिए । आयोजनाले काम सुचारु गर्न पटक /पटक आश्वासन दिए पनि पूर्ण रुपमा स्थानीयको माग भने अझै सम्बोधन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय