काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गाबाट २ जना पक्राउ परेका हुन ।
नागढुङ्गा स्थित चेकप्वाइन्टमा आइतबार साँझ काँकडभिट्टाबाट काठमाडांै आउँदै गरेको बा प्र.०१–००६ ख ४७९७ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा लागुऔंषध खैरो हिरोईन (ब्राउन सुगर) सहित २ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा बसमा सवार नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर ५ बस्ने २० वर्षिय अनिल लामा र बसका सहचालक झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय सञ्जोक भट्टराई रहेका छन । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔंषध खैरो हिरोईन (ब्राउन सुगर) दुई सय ग्राम फेला परेको प्रहरीले बताएको छ ।
नागढुङ्गा प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो,नागढुङ्गा शाखा कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत थानकोटमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय