काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुरानो नैकापमा जग्गाहरुको हालसाबिक भइरहेको छ ।
साबिक पुरानो नैकाप गाउ बिकास समिति वडा नम्बर १ देखि ९ सम्मका सम्पुर्ण जग्गाहरुको हालसाबिक भइरहेको हो । उक्त स्थानमा भएको जग्गाहरुको हालसाबिकका लागि निवेदन पेश नगरेका जग्गाधनीहरुलाई निवेदन पेश गर्न वडा कार्यालयले सुचना जारी गरेको हो ।सुचना जारी गर्दै वडा कार्यलयले भनेको छ–यस अघि निवेदन पेश नगरेका जग्गाधनीले चन्द्रागिरि १३ ठकुरीगाउ (चौतारो) अगाडी आवश्यक कागजात सहित नापी टोली नम्बर ३ को कार्यालयमा निवेदन पेश गर्नुस ।
जग्गाधनीको प्रमाण पुर्जाको प्रतिलिपी,नागरिकताको प्रतिलिपी,चालु आर्थिक बर्षको मालपोत कर तिरेको रसिद,नापी कार्यालयको प्रमाणित नक्सा र अन्य सम्बन्धीत प्रमाण भएमा सो सम्बन्धी कागजात सहित हाल साबिकको लागि निवेदन पेश गर्न वडा कार्यालयले सुचना जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय