काठमाडौं ।चन्द्रागिरिमा २१ औं अन्तर्राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयं सेविका दिवस –२०८१ मनाइएको छ ।
दिवसका अवसरमा नगरप्रमुख घनश्याम गिरिले नगरबासीको स्वास्थ्य अवस्था सुधारका लागि स्वयंसेविकाहरुले पुर्यायको योगदानको कदर गरे । नगरपालिकाले स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप नगरकै श्रोतबाट गत आर्थिक बर्षदेखि मासिक ३ हजार रुपैयाँ प्रदान गर्दै आएको र आगामी दिनमा यसलाई थप परिमार्जित र परिष्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वयंसेविकाहरुले आफुहरुका लागि नगरले गरेको कार्यक्रमले खुसि बनाएको भन्दै विशेष अभियानमा दिइने दैनिक भत्ता ४ सय रुपैयाँलाई ८ सय रुपैयाँ गरिदिनका लागि सरोकारवाला निकायमा आवाज उठाइदिन नगरप्रमुखलाई अनुरोध गरेका थिए ।
चन्द्रागिरि नगरक्षेत्रमा १ सय ४९ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । ति मध्ये ६० बर्ष उमेर कटेका ३ जना स्वयंसेविकालाई सम्मान सहित बिधाई गरिएको थियो । बिधाइ हुनेमा जल कुमारी तामाङ,वडा नम्बर २, उर्मिला रिजाल, वडा नं ८ र कृष्णकुमारी श्रेष्ठ,वडा नं ९ मा सेवारत स्वयंसेविकाहरु हुन । बिधाई हुने स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको सम्मान स्वरुप १ लाख २५ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने गरेका छन् ।
कार्यक्रममा स्वयंसेविका रिक्त पदमा नयाँ आएका ४ जना स्वयंसेविकालाइ स्वागत गरिएको चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले जानकारी दिए ।साथै कार्यक्रममा नगर क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने १६ जना स्वयंसेविकालाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय