काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेकाछन ।
डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा राष्ट्रपति पौडेलले बुधबार नियुक्त गरेका हुन ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजित मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्तिमा उल्लेख छ ।

