काठमाडौं । किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ ।
पहिलो चरणमा चार लाख ६० हजार ९४० एचपीभी खोप नेपाल आइपुगेको हो । कूल १७ लाख ७० हजार २० भाइल खोपमध्ये बाँकी खोप आगामी जनवरी १० भित्र आउने तालिका तय भएको छ ।चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्ड एचपीभी खोप ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा आएको हो ।सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म अभियानका रुपमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क एचपीभी खोप लगाउने लक्ष्य लिएको छ ।
नेपालमा वार्षिक करीव दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने विभिन्न अध्ययनले देखाएपछि सरकारले अभियान सुरु गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय