काठमाडौं । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।
मंगलबार राती करिब सवा १० बजे घरायसी विवादको क्रममा बुबा अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भएका ६३ बर्षिय दीपबहादुरले तरकारी काट्ने चक्कु ३१ बर्षिय छोरा नरेन्द्रबहादुरलाई प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको हो । शव पोष्मार्टमका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ ।
चक्कु प्रहार गर्ने दिप बहादुर शाहिलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।

