काठमाडौं । कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जना पक्राउ परेका हुन ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन ।
उनीको साथबाट थुनामुक्त गरिदिने भन्दै लिएको साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय