काठमाडौं । विश्वभरबाट आज नयाँ वर्षलाई स्वागत गरिँदैछ ।
विश्वका देशहरूमा समय पनि फरक–फरक हुने भएकाले नयाँ वर्षलाई अलग–अलग समयमा स्वागत गरिँदैछ । अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, चीन, हङकङ, जापान लगायतका देशहरूमा भव्यताका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।विश्वका थुप्रै देशका मुख्य शहरहरूमा अहिले शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरू भइरहेका छन् ।अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस नजिकै थुप्रै मानिसहरू भेला भएर नयाँ वर्षको स्वागत गरेका छन् ।स्पेन, जापान, फिलिपिन्स, दुबईलगायतका देशमा पनि नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
त्यस्तै, विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।

