काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा अहिले सम्म ३६ जनाको मृत्यु भएको छ ।
केही घरहरु भत्किएका छन् । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपाल सहित भारत बंगलादेश,भुटानमा महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ ।
यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

