काठमाडौं । ग्लोबल मेयर च्यालेन्ज २०२५ मा चन्द्रागिरि नगरपालिकाले दाबी प्रस्तुत गरेको छ ।

नगरपालिकाले च्यालेन्जको लागि सहभागिताको निवेदन पेश गरेको नगरको वेवसाईट मार्फत जानकारी दिएको हो । ब्लुमबर्ग फिलान्थ्रोपिज २०२५ ग्लोबल मेयर च्यालेन्ज एक अन्तराष्ट्रिय प्रतियोगिता हो । यसमा नयाँबिचारहरु सहितका कार्यक्रमहरु कार्यान्वयनमा ल्यायका विश्वका कुनैपनि देशको शहरले भाग लिन पाउनेछन । ग्लोबल मेयर च्यालेन्जका लागि आवश्यक मापदण्ड पुरा भएकाले निबेदन पेश गरिएको हो । नगर क्षेत्रका कम्तिमा १ लाख भन्दा बढी मानिसको बसोबास भएको र कला,शिक्षा,वातावरण,सरकारी शुसासनका साथै सार्वजनिक स्वास्थ्यको प्रत्याभुत गराउने नगरपालिकाले यस कार्यक्रममा भाग लिने गरेका छन ।

ब्लुमबर्ग एसोसिएटस एक परोपकारी परामर्शदाता हो जस्ले विश्वभरका शहरहरुलाई सल्लाह र आवश्यक लगानी गर्ने गर्दछ । “कोर सिटी सेवा“ मा केन्द्रित भएको र नवीनता, प्रभावको लागि सम्भावित, डेलिभर गर्ने क्षमताका मापदण्डमा आधारित ५० शहरहरू फाइनलका रूपमा चयन गरिनेछन । चयन भएका प्रत्येक शहरले ५० हजार डलर पुरस्कार र आवश्यक परामर्श साथै थप लगानी पाउनेछन ।

चयन भएका ५० मध्य अन्तिम २५ शहर छनोटहुने र प्रत्येक शहरले १ लाख डलर पुरस्कार पाउने ग्लोबल मेयर च्यालेन्जले जनाएको छ । बिभिन्न चरण पार गर्दै सन २०२५ को मार्चमा २५ शहर छनोट हुने ग्लोबल मेयर च्यालेन्जको तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय