काठमाडौं । शुक्रबार काठमाडौंबाट हङकङका लागि हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानमा उडान गरेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको हो ।
त्यसको विस्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि सेन्टर फर हेल्थ प्रोटेक्सनले अनुसन्धान सुरू गरिएको हो ।धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपलब्ध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।
‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।

