काठमाडौं । शनिबार दिउँसो १ बजे मनहरी गाउँपालिका–६, डिपार्टस्थित पूर्व–पश्चिम सडक खण्डमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका १४ मध्ये एकजनाको मुत्यु भएको छ ।दुर्घटनामा कारचालक मकवानपुर हेटौँडा–४, स्कुलरोड बस्ने वर्ष ६० का सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो ।दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने वर्ष ५५ को ओम कुमार श्रेष्ठ सोही स्थान बस्ने वर्ष ५० की सुनिता श्रेष्ठ, वर्ष २१ की सुमिना श्रेष्ठ रहेका छन् । स्कार्पियोमा सवार पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने २६ वर्षीया पुजा देवि शाह, निजको छोरी वर्ष ८ की प्रियान्सि शाह, सोही स्थान बस्ने वर्ष २३ की सुरदी देवी, वर्ष २१ की निशा कुमारी शाह, वर्ष १५ को ओम शंकर शाह, वर्ष १९ को राजिव कुमार शाह, वर्ष १९ की आरती कुमारी शाह, वर्ष ४ की दिव्या कुमारी शाह, वर्ष १६ को सरोज शर्मा र वर्ष १९ की रोशनी शर्मा घाइते भएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।
उनीहरुको चितवन स्थित एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

