काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आज भएको छलफलमा उनले अस्पतालले सेवा चुस्त र दुरुस्त राख्नुपर्ने बताउँदै सेवा शुल्क देखिने गरी टाँस्नुपर्ने बताए । मन्त्री पौडेलले भने, ‘अस्पताललाई समृद्ध बनाउनु त छ नै, हामीले विशेष गरी निरोधात्मक क्षेत्रमा काम गर्न खोजिरहेका छौँ । रोग लाग्नै नदिन प्रयास गरिरहेका छौँ ।’स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था ऐन, स्वास्थ्य सेवा ऐन र अस्पताल विकास समिति ऐन ल्याउने तयारी गरिरहेको भन्दै उनले ‘सोह्रौँ योजनालाई समेटेर योजना बनाइरहेका बताए ।प्रक्रियागत जटिलताका कारण बजेटमा व्यवस्था भएका कतिपय कुराहरु पूरा हुन नसकेको उनको जिकिर छ ।बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्ने तयारी गरेको बताउदै नीति परिमार्जनको लागि मस्यौदा बनिसकेको बताए ।मस्यौदालाई छलफलको लागि छिट्टै संसदीय समितिमा पठाइने उनको भनाई छ ।
उनले आमा सुरक्षा योजनालाई सरकारको मुख्य कामका रुपमा अघि बढाइएको बताउदै आमाको दुधबाट वञ्चित बच्चाका लागि भण्डारण गरिएको दुध खुवाउन मिल्क बैंक स्थापना गरिएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय