काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले सिफारिस गरेका पाँच अध्यादेशमध्ये पौडेलले भूमिसम्बन्धी अध्यादेश भने जारी गरेनन । सुकुमवासीलाई जग्गा बाँड्ने व्यवस्था देखेपछि राष्ट्रपतिले भूमि अध्यादेश रोकेको बताइएको छ ।
‘भूमिसम्बन्धी विषय संवेदनशील विषय भएकाले यो विषय संसदबाटै आओस् भन्ने राष्ट्रपतिको चाहना हुनसक्छ,’ जानकारहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय