काठमाडौं । काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरिरहेको छ ।
केन्द्रीय योजनाबाट विपद व्यवस्थापन विभागले ७ वटा वडामा २.५ किलोमिटर ड्राइराइजर जडान गरिरहेको हो । केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरु आफैँले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका छन् । दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो ।केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३,वडा नं. ७,वडा नं. ६,वडा नं. १० का ५ वटा गल्लीमा यो प्रणाली जडान भएको छ । त्यस्तै,वडा नं. १५,वडा नं. १६ मा २ वटा,वडा नं. १७ मा ३ वटा बिभिन्न दुरिका पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।
अहिले पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय