काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित बलम्बुस्थित बलम्बु प्राविधिक शिक्षालय भवनको उद्धघाटन भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेका हुन ।

ड्रिम सेयरिङ फाउन्डेशन, दक्षिण कोरियासँगको समन्वयमा स्थानीय साझेदार संस्था विकासका लागि ऐक्यबद्धता (सोड) सँग चन्द्रागिरि नगरपालिकाको सहकार्यमा प्राविधिक शिक्षालयको भवन र आवश्यक प्राबिधिक समान सहित २ करोड ५० लाख खर्च भएको जानकारी दिईएको छ ।

प्रविधिक बिद्यालयबाट ब्युटिसियन, अटोमोबाइल मर्मत, मोबाइल मर्मत र इलेक्ट्रिसियन सम्बन्धी पढाई हुनेछ ।

