काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ ।
बैठकमा समाजवादी मोर्चाको आठौंदेखि नवौं बैठकको बीचको गम्भीर समीक्षा पनि भएको छ ।बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो । समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा गति सुस्त भएको भन्दै बैठकले गम्भीर समीक्षा गरेको छ ।
बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजनाहरु सम्बद्ध दलका मुख्य नेताहरूलाई बुझाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय