काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले बुधबार दिउँसो तामाङलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ । गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । तामाङविरुद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । सफाई अभियान र सामाजिक बेथितीका साथै दबिएका आवाज उठाउदै आएकी आशिकाको शैली खराब भएको आलोचना हुदै आएपनि उनले उठाएका बिषयबस्तु भने गम्भिर र बहसको बिषय बन्ने गरेका थिए ।
उनलाई पक्राउ गरेपछि सामाजिक संजालमा के सरकारले बेथितीको बिरुद्ध आवाज उठाउनेलाई देख्खिनसकेको हो ? भन्दै प्रश्न गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय