काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

पेट्रोलमा प्रति लिटर २ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको हो । मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

 

बृद्धि भएको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय