काठमाडौं । चन्द्रागिरि नगरपालिकामा फर्मेसी सहायक पदमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडिका सुजन मर्हजन र वडा नम्बर १ दहचोककी दिपा कार्की छनोट भएका छन ।
सहायक पाचौं तहको उक्त पदमा दुइ जना सेवा करारका लागि गत भदौ ३१ गते सुचना जारी भएको थियो । बिभिन्न चरणमा भएका लिखित परिक्षा,शैक्षिक योग्यता,अनुभव,स्थानिय अंक र आज भएको अन्तर्रवार्ताको प्रप्ताङ्गको आधारमा सुजन र दिपा छनोट भएका हुन ।अन्तर्रवार्तामा ८ जना सहभागि मध्ये चन्द्रागिरि –११ सतुंगलकी अनुशा प्रधानको नाम बैकल्पिक उम्मेदवारमा परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए । त्यस्तै आवश्यक रेडियोग्राफर पद,सहायक पाँचौ तहको उम्मेद्वारहरु मध्ये सप्तरीकी सम्झना कुमारी चौधरी छनोट भएकी छन ।
सप्तरी जिल्ला वोदेवसाईन –५ की सम्झनाले अन्तरवार्तामा सहभागि अन्य ५ जनालाइ पाखा लगाउदै छनोट भएकी हुन । चन्द्रागिरि –१० सतुंगलकी शुभद्रा लवटको नाम बैकल्पिक उम्मेद्वारमा छनोट भएको छ ।

