काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रेमा दुर्घटना हुँदा भएको हो ।
विहीबार साँझ साढे पाँच बजे माइक्रो बस सडक छेउँको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय