काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन ।
दोलखा जिल्ला तामाकोशी गाँउपालिका वडा नं.०१ घर भई ललितपुर जिल्ला महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने ४८ बर्षिय ललित कुमार के.सी.लाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका के.सी. माथी ज्यान मार्ने उधोग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भईरहेको छ । गत माघ २ गते सूर्यदर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि कुटपिट भएको थियो ।उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले के.सी.लाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बहस गरेर फर्कने क्रममा अधिवक्ता माथी भएको दुरव्यबहारको चौतर्फी आलोचना भएको थियो । गृहमन्त्री रमेश लेखकले घटनामा संलग्न जो कोही भएपनि कानुनी कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

