काठमाडौं । नेपाल सरकारले गाजामा ’बन्धकहरूको रिहाई र युद्धविरामको लागि सम्झौता’ को हालैको घोषणाको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै युद्धविरामको सम्झौताको स्वागत गरेको हो । मध्य पूर्वमा सन २०२३ अक्टोबर ७ देखि भएको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउदै युद्धविरामको सम्झौताले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै दिगो शान्ति र स्थिरताको मार्गतर्फ सम्बन्धित पक्षहरूलाई अग्रसर गराउनेछ विज्ञप्तीमा भनिएको छ । नेपाल सरकारले नेपाली नागरिक श्री विपिन जोशी लगायत सबै बन्धकहरुलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

युद्धरत पक्षहरुलाई युद्धबिरामको सम्झौता सम्म ल्याउन भुमिका निर्वाह गर्ने सबै मध्यस्तकर्ताको नेपाल सरकारले प्रशंसा समेत गरेको छ ।

