काठमाडौं । नेपाली पुरुष तथा महिला टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ ।
दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपाली पुरुष टोलीले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै फाइनल प्रवेश गरेको हो । नेपाली महिला टोली पनि भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ । युगाण्डालाई शनिवार ८९–१८ ले हराउँदै नेपाली टोली अन्तिम दुईमा‌ पुगेको हो ।
खो खो विश्वकपमा फाइनलमा प्रवेश गरेको नेपाली महिला र पुरुष दुवै टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन । सामाजिक संजालमा ओलीले लेखेका छन – भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन्। नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका छन् । नेपालको खो खो इतिहासमा यो ऐतिहासिक क्षण हो। अब फाइनल खेलको जीतका लागि हाम्रा खेलाडीलाई शुभकामना !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय