काठमाडौं । प्रथम खो खो विश्वकपको पुरुषतर्फको उपाधी भारतले जितेको छ ।
नेपाल उपविजेता बनेको छ ।नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अंकको अन्तरले पराजित भयो ।पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले भने दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो ।यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।

भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो ।

