काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई मंगलबार चन्द्रागिरि–१ दहचोक आएका हुन ।
दहचोक स्थित काजी कालु पाँडेको समाधीस्थलमा प्रसाई लगायतको समुहले कालु पाँडेको शालिकमा माल्यार्पण गरि युवा तथा जनता जागरुक कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा प्रसाईले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका सहयोद्दा काजी कालु पाँडेको आशिर्वाद लिन आएको बताए ।उनले भने –कुनैपनि शुभ कार्य गर्दा पितृहरुको आशिर्वाद लिनुपर्छ भन्ने मान्यता अनुसार पाँडेको आशिर्वाद लिन आए ।कार्यक्रम मुलतः चैत १५ गते दुर्गा प्रसाईँको आयोजनामा हुन गईरहेको राजतन्त्र फर्काउनको निम्ति जनविद्रोह घोषणा सभा कार्यक्रमको तयारीको निम्ति आयोजित भएको हो । दुर्गा प्रसाईँ कै नेतृत्वमा यो आन्दोलनको अन्त्य हुन्छ, राजालाई फर्काईन्छ र देश बन्छ। म भाग्नको लागि जन्मिएको होईन, म देश बनाउनको लागि यहाँ उपस्थित भएको छु । तपाईहरूले अर्को कालु पाँडे पाउनु भएको छ प्रसाईले भने ।
चन्द्रागिरि –१ का स्थानीयलाई सुरुङमार्गले प्रताडित बनाएको भन्दै उनले भने –सरकारले सुरुंगमार्ग वनाउनु राम्रो हो तर जनतालाई काकाकुल वनाउन पाईदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय