काठमाडौं । बारामा टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा.०१–०२५ च ५०७६ नम्बरको कारलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो । दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा–४ बस्ने ५० वर्षीय जितनारायण प्रसाद साहको मृत्यु भएको हो । दुर्घटना पूर्व–पश्चिम लोकमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ पुलमा भएको हो । दुर्घटना पश्चात टिपरका चालक फरार रहेको र खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
आजनै ,दाङको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको हो ।मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् ।
अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय