काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का माधव प्रसाद रेग्मी, चौधरी ग्रुपद्वारा सम्मानित भएका छन ।

द प्लाजा पुल्चोकमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालकै स्थापित व्यावसायिक घराना चौधरी  ग्रुप , सि जि होल्डिङ्सका अध्यक्ष अरुण कुमार चौधरीले रेग्मीलाई कदरपत्र सहित सम्मान गरेका हुन । बिगत २५ बर्षदेखिको आबद्धता,मेहनत,लगनशीलता र महत्वपूर्ण योगदान गरेबापत रेग्मी सम्मानित भएका हुन । २५ बर्ष अघि सिनियर असिस्टेन्टको रुपमा चौधरी ग्रुपमा प्रवेश गरेका रेग्मी एग्जुकेटिभ,सिनियर एग्जुकेटिभ हुदै हाल एच.आर. र एडमीन मेनेजरको रुपमा कार्यरत रहेका छन । रेग्मी सहित १० जना ,सि जि होल्डिङ्सद्वारा सम्मानीत भएका हुन ।

सि जि होल्डिङ्सले अटोमोवाइल,लुब्रिकेन्ट,हाउजिङ्ग,होटल व्यवसाय,शैक्षिक क्षेत्र लगायतका बिधाहरुमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय