काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्वमा चन्द्रागिरि –६ मातातीर्थमा लाग्ने मेलाको तयारी तिब्र बनाइएको छ ।
औँसीका दिन दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी बिहानै सो तीर्थमा गई स्नान गरि मातृ तर्पण गर्ने गर्दछन । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ ।यस बर्षको मातातीर्थ औँसी बैशाख १४ गते परेको छ । बैशाख १३ गते देखिनै पृतीको सम्झनामा बत्ती बाली भोली पल्ट बिहान स्नान गरि श्राद्ध,दान गर्ने प्रचलन रहेको छ । मातातीर्थ संरक्षण तथा बिकास संस्थाले मेलाको तयारी तिब्र बनाएको हो ।
मन्दिर परिसरमा रंगरोगन गर्ने, बत्ती राख्ने,दर्शनार्थीका लागी सहज दर्शनको ब्यबस्चा मिलाउन सरोकारवाला निकायसंगको छलफल र योजना बनाउने, ब्यबसाय गर्नेहरुका लागि अनुशासीत ब्यबसाय गर्न टोकन प्रणालीको व्यबस्था गर्ने साथै ट्राफिक ब्यबस्थापन र सुरक्षाको प्रत्याभुत दिलाउन संस्थाले सरोकारवाला निकाय संगको छलफल र योजना तर्जुमा गर्ने कार्य गरेको संस्थाका अध्यक्ष शान्ता उदासले जानकारी दिए । साथै दिवंगत आमाको सम्झनामा लाग्ने विश्वमा एक मात्र पबित्र धार्मीक स्थलको मेलाको अवसर पारेर चन्द्रागिरि नगरपालिकाले बैशाख १४ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चन्द्रागिरि नगरपालिका र मातहतका निकायमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर द्वारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय