काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा प्रहरी वृतका इञ्चार्ज पनि फेरिएका छन् ।
नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा हुदाँ थानकोट बृतमा भने महिला डीएसीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । थानकोटमा सूर्यप्रकाश सुवेदीको ठाउँमा एलिजा गिरीलाई पठाइएको हो ।

टेलिभिजनमा समाचार बाचिका र केहि म्युजिक भिडियोमा मोडल समेत रहेकी एलिजाले प्रहरी निरिक्षक रहदा कोटेश्वर प्रहरी प्रमुख भएर गरेको कार्य सम्पादनको सर्बत्र चर्चा रहेको थियो ।नेपालगंजबाट प्लस टु को अध्ययन गरेर उच्च शिक्षाका लागि काठमाडौं आएकी एलिजाले एमबिएको अध्ययन पश्चात प्रहरी सेवामा प्रवेश गरेकी हुन ।२०७० साल चैत्र ९ गते प्रहरी सेवामा प्रवेश गरेकी एलिजा नेपाल प्रहरीको १५८ ब्याच हुन । उनले १७ महिनाको ट्रेडिङ्ग पश्चात सेकेण्ड इन्चार्जको रुपमा ठमेलमा कार्य गरिन ।त्यसपछि सिआइबिमा मानव तस्करी र ठगी सम्बन्धी केसहरु हेर्ने गर्थिन ।सानै देखि प्रहरी सेवा प्रति आकर्षित एलिजाले सानैमा म प्रहरी भइन भने केही पनि हुदिन होला भन्ने भावना पालेकी थिइन ।पछिल्लो समय उनी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन शाखा नक्सालमा सेवारत थिइन । त्यहाँबाट सरुवा भई उनी प्रहरी बृत्त थानकोटको इन्चार्ज भएकी हुन ।

त्यस्तै चापागाउँ ललितपुरमा डिलबहादुर मल्ललाई सरुवा गरेर यमकुमार श्रेष्ठलाई पठाइएको छ ।प्रहरी वृत्त सातदोबाटो ललितपुरमा चित्रबहादुर भट्टराईलाई सरुवा गरेर रामकुमार यादवलाई पठाइएको छ । बालाजुमा दानबहादुर थापाको ठाउँमा ज्ञानबहादुर विष्टलाई पठाइएको छ ।यस्तै प्रहरी वृत ठिमी भक्तपुरका इञ्चार्ज प्रेमसागर केसीको ठाउँमा नवराज ढुंगानालाई पठाइएको छ ।
नयाँ बानेश्वरका वीरेन्द्र गोदारलाई सरुवा गरेर हरि खतिवडालाई पठाइएको छ । खतिवडा प्रहरी परिसर काठमाडौं र ढुंगाना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएका हुन् ।प्रहरी वृत कीर्तिपुरका इञ्चार्ज भवनेश्वरप्रसाद साहको ठाउँमा राजबाबु महर्जन, कालिमाटीमा रुपक खड्काको ठाउँमा मधुकुमार थापा खटाइएका छन् ।

