काठमाडौं । चन्द्रागिरि नगरपालिकाको समन्वयनमा भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित स्थानीय र आयोजना बिचको बार्ता बिना निस्कर्ष टुङ्गीयको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष सक्रियतामा बिहिबार करिव साढे २ घण्टा वार्ता भएको थियो । नगरप्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रभावित संघर्ष समितिका संयोजक गोपी सुर्खेती लगायतका स्थानीय,आयोजना प्रमुख संञ्जय पन्थी, प्रहरी बृत थानकोटका इन्चार्ज डीएसपी सुर्य प्रकाश सुवेदी सहितको उपस्थितीमा वार्ता भएको थियो । आयोजना प्रमुख पन्थीले स्थानीयले राखेको मागका बिषयमा सम्बन्धित सरोकारवाला मन्त्रालयसंग माग समवोधन हुने गरि समन्वयन गर्ने तर तत्काल आयोजनाले कुनैपनि माग सम्वोधन गर्न नसक्ने अडान लिएपछि वार्ताले कुनै ठोस निकास निकाल्न सकेन । नगरपालिकाले स्थानीयको माग सम्वोधन हुन सक्ने गरि सरोकारवाला निकायलाई वार्तामा बोलाएपछि आशाबादी बनेका पिडितहरु वार्ता निस्कर्षमा नपुग्दा निराश भएका छन । वार्ता बिना निस्कर्ष सक्कियको र संघर्षका थप कार्यक्रम कसरी अगाडि बढाउने भन्ने बिषयमा पिडित स्थानीय संग छलफल गरि आन्दोलनलाई थप स–शक्त बनाईने समिति संयोजक गोपी सुर्खेतीले बताए ।
स्थानीयले आफूहरूका माग आयोजनाले पूरा नगरेको भन्दै गत चैत ३ देखि ३० सम्म काम ठप्प पारेका थिए ,वार्ताका लागि पटक–पटक बोलाउदा पनि स्थानीय नआएको भन्दै आयोजनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रहरी सुरक्षामा रोकिएको काम पुनः अघि बढाएको थियो ।अहिले पनि निक्कै तनावका बिच कार्य अघि बढीरहेको छ । स्थानीयले निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने,सुरुङमार्गका कारण चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन ।
२०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सक्नुपर्ने थियो । तर ६५ महिना बित्दा पनि सकिएको छैन । २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ ।
सुरुङ निर्माणको प्रगति ८८ प्रतिशत रहेको आयोजनाले जनाइरहदा स्थानीयको माग प्रति उपेक्षा गर्दे प्रहरी परिचालन गरेर काम अगाडि बढाउने आयोजनाको कार्यशैली प्रति स्थानीय थप रुष्ठहुदै मसाल जुलुस समेत निकाली सकेका छन,जुलुसमा प्रहरी र स्थानिय बिच झडप हुदाँ केहि घाईते समेत भएका थिए । पछिल्लो समय सरकारले प्रहरी सुरक्षामा काम अगाडि बढायपछि स्थानिय र सरकारबिच मुटभेटको संम्भावना प्रबल हुदै गएको छ ।

