फोहर हुन नदिने अभियान प्रभावकारी हुन्छ :अध्यक्ष महर्जन

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित बल्खु खोला सरसफाई गरिएको छ ।

अभियानको शुभारम्भ गर्दै वडा नम्बर १४ का वडाध्यक्ष राजभाइ महर्जनले “यसै खोलामा पहिला पौडी खेल्ने गरेको र माछा पनि पाइने गरेको” तथ्य आजको दिनमा सम्झ्ना मात्र बाँकी रहेको बताउदै अब खोलालाई फोहर हुन नदिने अभियानमा लाग्नु पर्ने बताए ।खोला सफा नहुन्जेल सम्म यस्ता अभियानले निरन्तरता पाउनु पर्नेमा उनको जोड थियो । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ११ र १२ हुदै वडा नम्बर १४ पुग्ने खोलालाई सरसफाइ भन्दा पनी फोहोर हुन नदिने अभियान प्रभावकारी हुने भन्दै त्यसतर्फ गम्भिर बन्न उनले सबैलाई आग्रह गरे ।

https://www.facebook.com/share/v/1DRtsWj4hC/

कार्यक्रममा नगरपालिकाको वातावरण तथा विपद ब्यबस्थापन शाखा प्रमुख भद्रा अर्यालले चन्द्रागिरि नगरक्षेत्रका सबै वडामा सरसफाइ अभियान निरन्तर चलिरहेको बताइन ।उनले नगर क्षेत्रमा हुने गरेको जात्रा,पर्व,मेलामा प्रयोग हुने प्लाष्टिक सरसफाइ अभियानको मुख्य चुनौति रहेको बताउदै प्लाष्टिकलाई पूर्ण निषेध गर्नुपर्नेमा जोड दिइन ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ , नेपाल रेडक्रस सोसाइटी र जागौं युवा परिवर्तनका लागिको आयोजनामा सरसफाई अभियान संचालन भएको हो ।

अभियानमा वडा नम्बर १४ का जनप्रतिनिधी, पूर्व सैनिक, लाईन्स क्लब अफ काठमाडौं ,समाजिक अभियन्ता, नेपाल प्रहरी स–शस्त्र प्रहरी,स्थानीय लगायत संलग्न थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय