काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले,नागढुंगा–पिपलामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको जानकारी दिएको हो । वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ । काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ ।
उक्त सडक रोकीने भएपछि काठमाडौं भित्रन र काठमाडौं बाहिरिन सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक बैकल्पिक मार्ग हुनेछ ।

