काठमाडौं । कीर्तिपुर नगरपालिकाको आयोजनामा सम्पन्न १० औं वैठकले विगतमा भएका निर्णयको प्रभावकारिता र कार्यान्वयन अवस्थाको प्रारम्भिक समीक्षा गरेको हो ।
बैठकमा उपप्रमुखहरूको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विज्ञको प्रस्तुति र त्यसमा आधारित छलफल समेत गरिएको थियो। सञ्जालले हरेक बैठकमा यस्तो अभ्यासलाई निरन्तरता दिँदै आएको छ, जसले निर्णयहरूलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । आगामी बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट, नीति तथा कार्यक्रमका साझा विषयमा छलफल गरिनेछ। उक्त बैठक काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने जानकारी दिइएको छ।

