काठमाडौं ।प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र अर्का ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् । काठमाडौं महानगरपालिका ९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले चेकजाँचको क्रममा उक्त रकम सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय