काठमाडौं । चन्द्रागिरि –७ स्थित सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था ९ औं बर्षमा प्रवेश गरेको छ ।
२०७३ बैशाख २६ गते २५ जना शेयर सदस्यबाट १० लाख रुपैयाँ सहित सुरु भएको सिद्धिखरले आज ९ औं स्थापना दिवस मनाएको हो ।स्थापना दिवसको अबसरमा संस्थाले चन्द्रागिरि–६ स्थित चन्द्रागिरि जेष्ठ नागरिक समाज,वडा नम्बर ७ मा रहेको वन्देबी जेष्ठ नागरिक मिलन केन्द्र र जेष्ठ नागरिक दिवा सेवा ओमकारेश्वरका १५० जना जेष्ठ नागरिकलाई दिवा खाजाको व्यबस्था गर्नुका साथै दिउँसो संस्थाका सदस्य र पदाधिकारी बिच शुभकामना आदानप्रदान गरेको हो । नबौं बर्षमा आइपुग्दा संस्थामा एकहजार भन्दा बढी शेयर सदस्य भईसकेको र ७ करोड ३३ लाखको पुँजी भएको संस्थाका अध्यक्ष श्रीराम लामिछानेले जानकारी दिए ।संस्थामा १ करोड २२ लाख शेयर पुँजी र ५ करोड बचतको रकम मध्ये ५ करोड ८० लाख कर्जा लगानी भएको र जगेडा कोषमा ७५ लाख रुपैयाँ रहेको उनले बताए । हालको बर्ष ८ दशमलव ५ प्रतिशत मुनाफा बितरण गरेको र तरलता ११ प्रतिशत रहेको जानकारी दिदै समुन्नत सिद्धिखर आत्मनिर्भर सिद्धिखरको अवधारणामा संस्था अघि बढेको उनले बताए । नबौं बर्षमा आइपुग्दा संस्था स्थानान्तरण गरेको,नियमक निकाय आक्रामक रुपमा अघि बढेको उनको दाबी छ ।
कर्जा असुलीमा न्युनतम सुधार र नियमित बचतमा घटदो सक्रियता संस्थाका लागि चुनौति भएको बताउदै आगामी दिनमा बचत बृद्धिमा जोड दिने र आफ्नै भवन बनाई सेवा प्रदान गर्ने योजना रहेको लामिछानेले बताए ।

