काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सांसदबाट निलम्बन भएका छन ।
बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत सांसदबाट निलम्बन भएको पत्र पढेर सुनाए । पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बनमा परेका हुन् ।टेरामक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरूमाथि तीन खर्ब २१ करोड भन्दा बढी रुपैयाँ बिगो माग दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय