काठमाडौं । सिमराकी डिएसपी शुभद्रा वाईबाले अनुमति भन्दा बढी समय महोत्सव संचालन भएपछि कार्यक्रम रोकीदिएकी हुन ।
बारा स्थित जितपुर सिमरा व्यापार तथा सांस्कृतिक महोत्सवमा शनिबार बिहान १० बजे देखि साँझ ६ बजे सम्म मात्र कार्यक्रम संचालन अनुमति पाएको आयोजकले राती ९ बजे सम्म पनि टिकट बेच्दै कार्यक्रम संचालन गरिरहेको पाएपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम नै रोकिदिएकी हुन । भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।
उनको यो निर्णयले सामाजिक संजालमा चर्चा पाईरहेको छ । प्रशासनको फितलो अनुगमन र सहिष्णुतालाई कमजोरीको रुपमा लिने स्वार्थी समुहको आकांक्षामाथी गतिलो झापड भन्दै उनले अहिले सामाजिक संजालमा वाहवाही बटुलिरहेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय