काठमाडौं ।चन्द्रागिरि सहित काठमाडौं उपत्यका क्षेत्रमा बर्षा भएको हो ।
आईतबार दिउसो देखि पानी पर्न थालेको हो । अहिले मेघ गर्जन सहित बर्षा भइरहेको छ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।त्यस्तै,बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राती मधेस, कोशी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

