काठमाडौं । चीनको केरुङबाट नेपाल तर्फ आउँदै गरेको बा ४ ख ६२०१ नं. को गाडीमा लुकाइ छिपाइ ल्याएको अवस्थामा सुन फेला परेको हो ।
आइतबार करिव ३ बजे रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, रसुवागढी नाका स्थित इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सुन बरामद भएको प्रहरीले जानकारी दिएको हो ।
सुन संगै गाडि चालक रसुवा जिल्ला गोसाईकुण्ड गा.पा. वडा नं. ५, स्याफ्रुबेशी बस्ने ३० बर्षिय किशोर भुजेल पक्राउ परेका छन ।थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

