काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रमा लागुऔषध दुव्र्यशन बिरुद्ध महाअभियान संचालन हुने भएको छ ।

नगरपालिकामा सोमबार बिहान सुरक्षा निकायको प्रमुखहरु संगको अन्तरक्रिया कार्यक्रममा जेष्ठ ९ गते महाअभियान संचालन गर्ने कार्यक्रम तय भएको हो । चन्द्रागिरि नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कामय गर्ने के कस्तो रणनिती बनाउदा उपयुक्त हुन्छ भन्ने बिषयमा अन्तरक्रिया केन्द्रित रहेको थियो । कार्यक्रममा प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी एलिजा गिरीले वडागत रुपमा रहेका सुरक्षाका चुनौतीका बिषयमा जानकारी लिएकी हुन । सहभागी वडाध्यक्षहरुले लागुऔषध दुव्र्यशनी र सडक दुर्घटना मुख्य चुनौती रहेको बताए । चन्द्रागिरि नगरक्षेत्रका १५ वडा मध्ये १० वटा वडाले मुख्य राजमार्ग छोएको र सडक दुर्घटनाको जोखिम बढदै गएको प्रति सुरक्षा प्रमुखको ध्यानाकर्षण गराएका थिए । त्यस्तै काठमाडौं छिर्ने मुख्य नाका चन्द्रागिरि नै रहेको र नागढुंगाा बाहेक मकवानपुर र धादिङ जिल्लाबाट अन्य थप मार्गहरु संचालनमा आएकाले संभावित तस्करी रोक्न ठोस कदम चाल्नुपर्नेमा उनीहरुले जोड दिए । उनीहरुले थानकोट–चित्लाङ सडक,मातातीर्थ–देउराली सडक,खानीखोला–काफलचौर–बाडभञ्ज्याङ सडक का साथै देउराली–भिमढुंगाको शाखा सडकहरुमा चेकजाँच कडाई गरिनुपर्ने सुझाव दिए । उक्त सडक खण्डहरुबाट लागुऔषध लगायतका तस्करी हुने गरेको गुनासो बढदै गएको उनीहरुले सुरक्षा प्रमुखलाई सुनाए ।

कार्यक्रममा सुरक्षा निकाय र नगरपालिका बिच हुँदैआएको साझेदारी कार्यक्रमलाई निरञ्तरता दिनुपर्नेमा जोड दिईएको चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खडगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय