काठमाडौं । नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो ।उनी गत वैशाखको बढुवामै एआईजीका दावेदार थिए । वहालवाला एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ १० गते अवकाश हुँदैछन् । त्यसपछि रिक्त हुने पदका निम्ति शाह सिफारिस भएका हुन् । त्यस्तै,गृह मन्त्रालयले नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत , ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ बढुवा सिफारिसमा परेका छन् ।
बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

