काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ की अञ्जली श्रेष्ठको निधन भएको छ ।
बिगत ५ वर्षदेखि आफै क्यान्सरसँग लडिरहेकी अञ्जली श्रेष्ठको हरिसिद्धि क्यान्सर अस्पतालमा बिहीबार साँझ निधन भएको हो । स्वास्थ्यमा जटिलता आएपछि उनलाई बुधबार अस्पतालको आकस्मिक कक्षमा राखिएको थियो ।पाँच बर्ष अघि अञ्जलीले B.Scअध्ययन सकेर शिक्षण अस्पताल, महाराजगन्जबाट नर्सिङ पेशामा अवद्ध भइन ।सोही बर्ष उनमा क्यान्सर रोग लागेको पहिचान भएको थियो । ५ बर्षको अन्तरालमा ५ पटक शल्यक्रिया र २६ पटक रेडियो थेरापी गराइसकेकी थिइन । र पनि उनको क्यान्सर रोग भने निको भएन ।
अन्तत बिहीबार साँझ उनको निधन भयो । उनको अन्तेष्टि आजै हुने परिवारले जानकारी दिएको हो ।

