काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रमा लागु औषधविरुद्धको महाअभियान सुरु भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि लागु औषध बिरुद्धको महा अभियान लागुऔषध दुव्र्यसन रहित घर अभियान कार्यक्रम सुरु भएको हो । उपत्यका प्रहरी कार्यालय काठमाडौं रानीपोखरी र चन्द्रागिरि नगरपालिकाको संयुक्त आयोजनामा लागु औषध विरुद्धको महाअभियान शुरू भएको हो ।
२०८१ फागुन १७ गतेबाट सुरु भएको महाअभियान चन्द्रागिरि नगर क्षेत्रमा भने शुक्रबार औपचारीक कार्यक्रमका बिच सुरु भएको हो । यो अभियान उपत्यकाका सबै स्थानीय निकायका संचालन गरिने प्रहरीले जानकारी दिएको छ । महा अभियान अन्तर्रगत चन्द्रागिरि नगरपालिका पाचौं नगरपालिका हो । महाअभियानको सुभारम्भ गर्दै उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख एआइजी टेकबहादुर तामाङ्गले बिभिन्न अभियानका बाबजुत लागुऔषध दुव्र्यशनीका घटनाहरु बढदै जानु चुनौतपिूर्ण रहेको बताए ।प्रहरीकोमा आउने बिभिन्न कसुर मध्ये लागुऔषधका कसुर ८ दशमलब ६ प्रतिशतका दरले रहेको बताउदै लागुऔषध प्रयोगकर्ता, बेचबिखन,दुव्र्यशन लगायतका बिषय एउटै मात्र निकायले समाधान गर्न नसकिने तथ्यलाई मनन गरि समुदाय स्तरानै अभियान संचालन गर्नुपरेको उनले स्पष्ट पारे ।चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरले प्रहरीसंगको साझेदारीमा बिभिन्न कार्यक्रम गर्दै आएको बताए ।
उनले चन्द्रागिरि नगरपालिकालाई लागुऔषध मुक्त नगरको रुपमा बिकास गर्न सबै पक्षलाई आग्रह गरे ।नगर उपप्रमुख बसन्ती श्रेष्ठले नेपाल सरकारले अनुमती नदिएको औषधी बेचबिखन नगर्न औषधी व्यबसायीलाई आग्रह गरिन । त्यस्तै उनले युवायुवती र अभिभाबकलाई लागुऔषध लगायतका कुलतमा नफसी दुव्र्यशन बिरुद्धको अभियानमा हातेमालो गर्न अनुरोध गरिन ।नगरप्रवक्ता कृष्णप्रसाद खडगीले लागुऔषध न्युनीकरण र निराकरण प्रहरी र स्थानीय निकायले गरेर मात्र नहुने भन्दै आपसी सहयोग, समन्वय र सहकार्यको लागि समुदायलाई आव्हान गरे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका सवै वडाका जनप्रतिनिधी, महिला स्वयं सेविका,कर्मचारी बिभिन्न बिद्यालयका बिद्यार्थी शिक्षकहरु, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारी, लागुऔषध ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदर्शन प्रसाद कोइराला, प्रहरी बृत्त थानकोट, प्रहरी प्रभाग बलम्वु, नागढुंङ्गा प्रहरी लगायतको उपस्थिती रहेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र चन्द्रागिरि नगरपालिका बलम्वु को आयोजनामा काठमाडौं औषधी व्यबसायी संघ काठमाडौं शाखाले सहकार्य गरेको हो ।
https://www.facebook.com/share/v/1ASw9MzjqH/

