काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित श्री आदिनारायण भजन मण्डल प्रङ्गणमा आयोेजित एकदिवसीय प्रेरणादायक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
आदिनारायण भजन मण्डल, थानकोटको आयोजना र चन्द्रागिरि हाइकर्स कमिटिको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा भागवत मन्जरी माता राधिका दासीले जीवन परिवर्तनकारी विचार, प्रेरणा र आध्यात्मिक शिक्षाहरु प्रस्तुत गरेकी हुन । चन्द्रागिरि हाइकर्स कमिटि सिएचसीले पर्यटन प्रबद्र्धनमा लामो समयदेखि कार्यक्रमहरु आयोजना गर्दै आएको र यस्ता कार्यक्रमले धार्मीक पर्यटनमा टेवा पुग्ने बिश्वास गरेको अध्यक्ष प्रशन्न गोपालीले बताए ।
आदिनारायण भजन मण्डलले बिभिन्न धार्मीक कार्यक्रम गर्दै आएको जानकारी दिदै केहि समय अघि १२ बर्षमा देखाईने महाभारत कथामा आधारीत दैविक नृत्यको प्रदर्शन गरेको धनबहादुर गोपालीले जानकारी दिए । कार्यक्रममा भागवत मन्जरीको बाणी र भजनमा श्रद्धालुहरु झुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय