काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ३ दोबाटो नजिक बस दुर्घटना भएको हो ।
त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको ना ३ ख ५९९० न. को बस अनियन्त्रित भइ बाटोमा हिडिरहेका पैदलयात्रुलाइ ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा ९ का ४० वर्षीय कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका ५ सप्तरी स्थायी घर भै हाल झम्केश्वरी माबिका शिक्षक लोकेन्द्र कुमार ठाकुर रहेका छन ।बस ब्रेक फेल भएर सडकमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् । गम्भीर घाइते झम्केश्वरी माबिका शिक्षक रघुनन्दन यादव र मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेश कुमार शाह रहेका छन भने झम्केश्वरी माबिकै शिक्षक राम गुलाम चौधरी र छेवाङ लामा सामान्य घाइते भएका छन् ।
बस चालक मकवानपुरको थाहा नगरपालिका–५ बसन्त बस्ने २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

