काठमाडौं । सतुंगल मातातीर्थ देउराली कुलेखानी सडकमा सवारी साधनहरुको आवागमन बन्द गरिएको छ ।

आजबाट जेठ २० गते सम्मका लागि बाटो बन्द गरिएको हो । सडक ढलान कार्य गरिरहेकोले सडकमा सवारी साधनहरुको आवतजावतले मोडहरुमा ढलान कार्य गर्ने अप्ठयारो भएकोले सवारी साधनहरुको आवागमन बन्द गरिएको वागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयद्वारा जारी सुचनामा उल्लेख छ । “सतुंगल मातातीर्थ देउराली कुलेखानी सडक सुधार गर्ने भन्दै ६ बर्ष अघि ठेक्का सम्झौता भएको थियो ।

२०७६ जेठ १५ गते अमर कन्स्ट्रक्सनले ठेक्का पाएको र २०७७ मंसिर भित्र कार्य सम्पन्न गरि सक्नु पर्ने थियो ।

ठेक्केदार कम्पनीले ढुंगामाटो काट्ने , ग्याविनवाल, ढुंगाको बाल, प्लम कंक्रिट वाल, ह्युम पाइप,सव बेस,बेस र कालोपत्रे गर्ने भन्दै वागमती प्रदेश सरकारको २४ करोड ७२ लाख रुपैयाँको ठेक्का पाएको हो । डेढ बर्षमा सक्काउनु पर्ने काम ६ बर्ष बित्दापनि भौतिक प्रगती सोचे अनुरुप हुन सकेको छैन । राज्यको लाचारी र ठेक्केदारको पहुँच सहितको मनोमानीका कारण बाटो बन्न नसकेको हो । १८ महिनामा सम्पन्न गर्छु भनेर ठेक्का लिएको कम्पनीले ७२ महिना समय बितिसक्दापनि कार्य गर्न नसकेको तथ्यलाई स्वीकार्दै ठेक्का सम्झौता रद्ध गर्नु पटक पटक आवाज उठेपनि आयोजना र ठेक्केदार बिचको मोहमायाले बाटो सुधारको कार्य सम्पन्न हुन नसकेको हो ।आर्थीक बर्षको १० महिना निस्क्रिय रहने ठेक्केदार कम्पनी आर्थीक बर्षको अन्त्य तिर भने काम गर्दै छु भन्ने देखाउनका लागि बाटो बन्द गरि काम गर्न सहजीकरण गरिदिनु भन्दै आयोजना कार्यलयमा पत्र पठाउने र आयोजनाले ठेक्केदारको माग अनुसारको बाटो बन्द गर्न सुचना जारी गर्ने गरेको छ ।सोहि अनुरुप फेरी एकपटक ७ दिनका लागि बाटो बन्द गरिएको हो । आयोजनाले ठेक्केदारप्रति देखाउने उदारता लाई कठोरतामा परिणत नगर्दा सम्म सडक सुधार सम्पन्न हुने देखिदैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय